INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलुहिंसा पीडित महिलाको इन्सेकको पहलमा पुर्नस्थापना

कुटपिट गरि घर निकाला गरिएकी बनगाड कुपिण्डे नपा–५ की २१ वर्षीया जमुना रानालाई इन्सेकको पहलमा पुर्नस्थापना  गरिएको छ  ।

२४ वर्षीय पति लोकेन्द्र रावत र परीवारका अन्य व्यक्तिहरूले असार ५ गते कुटपिट गरि घर निकाला गरेपछि न्यायका लागि असार १४ गते सदरमुकाम आएकी पीडित महिलालाई इन्सेकले बास बस्न आवास गृहसँग समन्वय र यातायातको लागि एक हजार रुपिँया सहयोग गरेको थियो ।

जिल्ला अदालतमा अंश मुद्दा चलिरहेकोले असार १८ गते इन्सेक प्रतिनिधिको पहलमा जिल्ला प्रहरी कार्यालयमा पुर्नस्थापना गराइपाउँ भन्ने मुद्दा दर्ता भएको थियो । २६ गते इन्सेक प्रतिनिधिद्वारा घटनास्थलको अनुगमन तथा आफन्त र इलाका प्रहरी कार्यालय सल्लीबजारमा पुगेर विस्तृत विवरण लिइएको थियो ।

प्रहरीले असार २७ गते दुवै पक्षबीच छलफल गर्दा घटनाका आरोपित २४ वर्षीय लोकन्द्र रावतले माफि मागेको र यातना नदिने सहमति गरेपछि पीडितलाई पहिला बसेकै घरमा पठाइएको डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

दुइ वर्षदेखी छिमेकीको घरमा बसेर काम गर्दै पेट पाली रहेको अवस्थामा पतिले घरमा बस्न नदिने धम्की दिएपछि बसी रहेको कोठा छाड्नु परेको र अब मासिक भाडा व्यहोर्ने तथा कुनै तनाव समेत नदिने सहमति भएको पीडितले बताउनुभयो ।

अन्य

भिडियो