हनेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका रोल्पा इन्चार्ज वर्षीय कमल थापालाई चन्दा उठाएको आरोपमा प्रहरीले साउन २ गते गिरफ्तार गरेको छ ।
विभिन्न पेशामा आवद्ध रहेका व्यक्तिहरूबाट धम्की दिएर चन्दा उठाएको आरोपमा गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चित्रबहादुर गुरुङले इन्सेक प्रतिनिधिलाई बताउनु भयो । थापा अन्य तीन वटा मुद्दाका फरार आरोपित समेत रहेको डिएसपी गुरुङले बताउनु भयो ।