१ सय ४० जना कैदी बन्दीहरु रहेको चौतारा कारागारमा बिगत सात दिनदेखि खानेपानीको अभाव भएपछि कैदीबन्दीहरु समस्यामा परेका छन् । २८ किलोमिटर माथि होल्चेमा रहेको मुलको पानी पाइपबाट ल्याएर सदरमुकाम चौतारा बजारमा वितरण गरिएको छ । त्यही वितरण गरिएको लाइनको पानी कारागारमा वितरण गरिदै आएको थियो । पर्याप्त पानी नआएकाले खानेपानीको समस्या भएको जुगल होल्चे खानेपानी उपभोक्ता समितिका अध्यक्ष सुभास कर्माचार्यले बताउनु भयो । नियमित रुपमा आइरहेको खानेपानी एक्कासी बन्द हुँदा कैदीबन्दीलाई पानी पिउन, नुहाउन, लुगा धुन र ट्वाइलेट जान समेत समस्या भएको कारागारका नाइके भिमबहादुर बस्नेतले बताउनु भयो । खानेपानीको समस्या समाधान गर्नको लागि प्रमुख जिल्ला अधिकारी, जेलर लगायत सबै निकायमा अनुरोध गरेपनि हालसम्म खानेपानी समस्याको समस्या समाधान नभएको नाइके भिमबहादुरले बताउनु भयो । कारागार भित्र खानेपानीको समस्या हुँदा १ सय ४० जना कैदीबन्दीहरु, नौ जना सुरक्षाकर्मीहरु र चार जना कर्मचारी गरी १ सय ५३ जना व्यक्तिहरु खानेपानीको अभावमा बाच्न बाध्य भएका छन् । “यसभन्दा अघि दैनिक २ हजार लिटर पानी आउने गर्दा खानेपानी पुगनपुग हुनेगर्थ्यो तर अहिले दैनिक ५ सय लिटर पानी बल्लबल्ल आउछ, त्यो आएको पानीले खान समेत अपुग भएको छ” नाइके बस्नेतले बताउनुभयो ।
प्रधानाध्यापक मृत्यु प्रकरण : गिरफ्तार गरिएका आठै जना कारागार चलान
व्यास गाउँपालिका–४ सुन्सेरास्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेवसिंह धामीको मृत्यु