INSEC Online

📅 २०८३ जेष्ठ २२

कञ्चनपुर कारागारबाट फरार दुई कैदी गिरफ्तार

कञ्चनपुर कारागारबाट फरार भएका दुई कैदीलाई प्रहरीले नौ महिनापछि गिरफ्तार गरेको छ ।

विभिन्न मुद्दामा सजाय भुक्तान गरिरहेका दुवै जना २०८२ भदौ २४ गते कारागारबाट भागेका थिए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रसिंह थापाका अनुसार गिरफ्तार गरिएकामा कृष्णपुर नगरपालिका–२ बाणीका मदन चौधरी र कैलाली जिल्ला धनगढी उपमहानगरपालिका–१३ राजपुरका अर्जुन खड्का रहेका छन् । उहाँका अनुसार चौधरी जबर्जस्ती करणी कसुर मुद्दामा १८ वर्ष कैद सजाय भुक्तान गरिरहेका थिए । यस्तै खड्का लागुऔषध (खैरो हेरोइन) मुद्दामा पाँच वर्ष कैद तथा ५ हजार रुपियाँ जरिवाना सजाय तोकिएका व्यक्ति हुन् ।

रासस

अन्य

भिडियो