आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेका एक जना कैदीलाई प्रहरीले ताप्लेजुङमा गिरफ्तार गरेको छ ।
केन्द्रीय कारागार काठमाडौंबाट भागेका २७ वर्षीय अमृत मगरलाई प्रहरीले ०८२ पुस २४ गते ताप्लेजुङबाट गिरफ्तार गरेको हो ।
ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका घर भएका मगरलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रसाद गौतमले बताउनु भयो ।
जिल्लाको एक जलविद्युत आयोजनामा लुकिछिपी बसेको अवस्थामा कैदी मगरलाई गिरफ्तार गरिएको डिएसपी गौतमले बताउनु भयो ।
बलात्कार मुद्दामा अदालतबाट दोषी ठहर भई मगर १८ वर्षको कैद सजाय तोकिएपछि केन्द्रीय कारागार जगन्नाथदेवल काठमाडौंमा सजाय भुक्तान गर्दै आएका थिए ।
तोकिएको कैद सजाय अवधिमध्ये मगरले १८ महिना भुक्तान गरिसकेको प्रहरीले जनाएको छ ।