INSEC Online

📅 २०८३ जेष्ठ २१

कपिलवस्तु कारागारबाट भागेका एक कैदी गिरफ्तार

आन्दोलनको क्रममा कारागारबाट भागेका एक जना कैदीलाई कपिलवस्तु प्रहरीले ०८२ पुस १८ गते कपिलवस्तुबाटै गिरफ्तार गरेको छ ।

गिरफ्तार गरिएकामा कपिलवस्तु नगरपालिका–४ तिलौरीका बहुविवाह कसुरका सुरेश कहार रहेको जिल्ला कारागारका सूचना अधिकारी रेशमलाल भुसालले बताउनु भयो ।
कपिलवस्तु कारागारबाट भागेका १ सय २० जना कैदी बन्दीहरु अझै फरार रहेको कारागार प्रशासनले जनाएको छ ।

रीमा बि.सी.

अन्य

भिडियो