नख्खु कारागारबाट भागेका ४ सय कैदीबन्दी अझै फिर्ता आएका छैनन् । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नख्खु कारागारबाट १ हजार १ सय ८० जना कैदीबन्दी फरार भएका मध्ये ४ सय कैदीबन्दी अझै फरार रहेका हुन् ।
कारागार व्यवस्थापन विभागकाअनुसार ललितपुर जिल्लामा रहेको एक मात्र नख्खु कारागारमा तीनवटा मध्ये ब्लक डिआरसीमा ४ सय ६३ जना, सिआरसीमा ४ सय ११ जना र नयाँ ब्लकमा ४ सय ६ जना कैदीबन्दी थिए । स्वदेशी १ हजार २ सय ९३ जना र विदेशी ८७ बन्दी थिए ।
हाल २ सय ३५ जना थुनुवा र ६ सय ११ जना कैदी कारागारमा रहेका छन् । ती मध्ये ८ सय २३ जना नेपाली र २३ जना विदेशी रहेको कारागारका प्रमुख दीर्घराज उपाध्यायले जानकारी दिनुभयो ।