INSEC Online

📅 २०८३ जेष्ठ २१

हिरासतबाट भागेका एक जना थुनुवा गिरफ्तार

आन्दोलनका क्रममा ०८२ भदौ २४ गते विर्तामोड नगरपालिका- ५ मा रहेको इलाका प्रहरी कार्यालय, अनारमनीबाट भागेका एक जना थुनुवालाई प्रहरीले गिरफ्तार गरेको छ ।

जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालयमा आगजनी र ढुंगामुढा हुँदा भागेका थुनुवा विर्तामोड नगरपालिका- ३ विर्ताबजारका १८ वर्षीय राहुल माझीलाई प्रहरीले ०८२ पुस १५ गते गिरफ्तार गरेको हो ।

अभद्र व्यवहार मुद्दामा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय,विर्तामोडको हिरासतमा रहेको अवस्था माझी ०८२ भदौ २४ गते हिरासतबाट भागेका थिए ।

भागेका माझीलाई ०८२ पुस १५ गते कनकाई नगरपालिका- ३ स्थित पश्चिमबस स्टेन्डबाट प्रहरी चौकी, बिर्ताबजारले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रबहादुर खड्काले बताउनु भएको छ ।

कोशी प्रदेश कार्यालय

अन्य

भिडियो