आन्दोलनको क्रममा गत भदौ २४ गते केन्द्रीय कारागार काठमाण्डौबाट फरार भएका कैदी प्रदेशी भनिने २५ वर्षीय सुदामा पासवानलाई पर्सा प्रहरीले गिरफ्तार गरेको छ ।
पासवान पर्साको वीरगन्ज महानगरपालिका–१५ भिस्वामा लुकिछिपी आफन्तको घरमा बसेको सूचनाका आधारमा गिरफ्तार गरीएको पर्साका डिएसपी राजु कार्कीले बताउनु भयो । कर्तव्य ज्यान सम्बन्धी मुद्दामा २५ वर्ष कैद सजाय भुक्तान गर्दै आएका पासवानलाई वीरगन्ज कारागारमा बुझाइएको पर्सा प्रहरीले जानकारी दिएको छ ।