आन्दोलनको क्रममा जगन्नाथ देवल कारागार काठमाडौँबाट भागेका कर्तव्य ज्यान मुद्दाका एक जना कैदीलाई रुपन्देही प्रहरीले सिद्धार्थनगर नगरपालिका– १ बेलहियाबाट पुस १ गते गिरफ्तार गरेको छ ।
गिरफ्तार गरिएकामा सिद्धार्थनगर नगरपालिका– १ का कर्तव्य ज्यान कसुरका अभियुक्त २७ वर्षीय धर्मराज अहिर (यादव) रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी सुरज कार्कीले बताउनु भयो ।
रुपन्देही प्रहरीले भदौ २४ गते कारागार तोडफोड गरी भागेका कैदी बन्दीहरुलाई गिरफ्तार गर्दै सम्बन्धित कारागारमा पठाउदै आइरहेको छ ।
हालसम्म ३५ भन्दा बढी कैदी बन्दीहरुलाई विभिन्न स्थानबाट गिरफ्तार गरी सम्बन्धित ठाउँमा बुझाएको डिएसपी कार्कीले बताउनुभयो ।