जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते नख्खु कारागार कार्यालय,ललितपुरबाट भागेका एक जना कैदीलाई प्रहरीले गिरफ्तार गरेको छ।
चिचिला गाउँपालिका–५ का २९ वर्षीय अमित भनिने टिकाराम विश्वकर्मालाई पुस १२ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर धनबहादुर राजवंशीले बताउनु भयो।
विशेष सूचनाका आधारमा मोरङको बेलबारी नगरपालिका–४ स्थित आफन्तको घरमा लुकिछिपी बसिरहेको अवस्थामा विकलाई गिरफ्तार गरिएको इन्सपेक्टर राजवंशीले बताउनु भयो।
बलात्कार मुद्दामा केन्द्रीय कारागार नख्खु ललितपुरमा कैद भुक्तान गरिरहेका विश्वकर्मालाई ०८२ पुस १२ गते गिरफ्तार गरिएको हो ।
उनी ०७५ पुस २७ गते देखि केन्द्रीय कारागार नख्खुमा कैद भुक्तान गरिरहेका थिए ।
गिरफ्तार परेका विश्वकर्मालाई फैसला कार्यान्वयनका लागि पुस १३ गते कारागार कार्यालय सङ्खुवासभामा बुझाइएको इन्स्पेक्ट राजवंशीले बताउनु भएको छ।