INSEC Online

📅 २०८३ जेष्ठ २१

तनहुँ कारागारबाट भागेका कैदी गिरफ्तार

आन्दोलनको क्रममा भदौ २४ गते तनहुँ कारागारबाट भागेका बलात्कार मुद्दाका एक जना कैदीलाई प्रहरीले ०८२ पुस १३ गते गिरफ्तार गरेको छ ।

गिरफ्तार हुनेमा शुक्लागण्डकी नगरपालिका–१० घर भई हाल भिमाद गाउँपालिका–९ बस्ने २७ वर्षीय प्रकाश विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी तथा सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिनुभयो ।

डिएसपी विकका अनुसार आरोपितलाई सजाय भुक्तानका लागि कारागार पठाइएको छ । जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते तनहुँ कारागारबाट ३ सय २७ जना कैदीबन्दी भागेका थिए ।

प्रकाशचन्द्र भट्टराई

अन्य

भिडियो