INSEC Online

📅 २०८३ जेष्ठ २१

तनहुँ कारागारबाट भागेका कैदीबन्दीहरु गिरफ्तार

आन्दोलनको क्रममा भदौ २४ गते तनहुँ कारागारबाट भागेका बलात्कार मुद्दाका तीन जना कैदीबन्दीलाई प्रहरीले ०८२ पुस ५ गते गिरफ्तार गरेको छ ।

गिरफ्तार हुनेहरुमा भिमाद नगरपालिका–६ शान्तिनगर बस्ने बलात्कार मुद्धाका थुनुवा ३० वर्षीय पिताम्बर नेपाली, बन्दीपुर गाउँपालिका–१ नहालाका बलात्कार मुद्दाका कैदी ६० वर्षीय बमबहादुर कुँवर र आबुखैरेनी गाउँपालिका–६ पुर्लुङ बस्ने बलात्कार मुद्धाका कैदी ६५ वर्षीय चन्द्रबहादुर भुजेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी तथा सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिनुभयो ।

डिएसपी विकका अनुसार आरोपितहरुलार्ई सजाय भुक्तानका लागि कारागार पठाइएको छ ।

जेनजीे आन्दोलनको क्रममा गत भदौ २४ गते तनहुँ कारागारबाट ३ सय २७ जना कैदीबन्दी भागेका थिए ।

प्रकाशचन्द्र भट्टराई

अन्य

भिडियो