INSEC Online

📅 २०८३ जेष्ठ २१

तनहुँ कारागारबाट भागेका कैदी गिरफ्तार

आन्दोलनका क्रममा ०८२ भदौ २४ गते तनहुँ कारागारबाट भागेका एक जना कैदीलाई प्रहरीले मङ्सिर २९ गते गिरफ्तार गरेको छ ।

गोरखा जिल्ला अजिरकोट गाउँपालिका–२ घर भई हाल राइनस नगरपालिका–७ गरमबेशी बगरटोलमा लुकिछिपी बस्दै आएका ४० वर्षीय धनराज गुरुङलाई गिरफ्‌तार गरी पुस १ गते तनहुँ कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अभिशेख पाण्डेले बताउनु भयो ।

बलात्कारको आरोपमा कैद भुक्तान गरिरहेका गुरुङ भदौ २४ गते भागेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सुमित्रा भुजेल

अन्य

भिडियो