INSEC Online

📅 २०८३ जेष्ठ २१

झुम्का कारागारबाट फरार एक जना थुनुवा गिरफ्तार

जेनजी आन्दोलनका क्रममा सुनसरीको रामधुनी नगरपालिका- ५ मा रहेको क्षेत्रीय कारागार, कार्यालय झुम्काबाट फरार भएका एक जनालाई थुनुवालाई प्रहरीले गिरफ्तार गरेको छ ।

मोरङको सुन्दरहरैँचा नगरापालिका–६ घर भएका ३१ वर्षीय अजित श्रेष्ठलाई प्रहरीले ०८२ मंसिर २५ गते गिरफ्तार गरेको हो ।

लागुऔषध मुद्दामा जिल्ला अदालत सुनसरीले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि ०८२ असार ३१ गतेदेखि श्रेष्ठ झुम्का कारागारमा थिए ।

जेनजी आन्दोलनको मौका छोपेर उनी भदौ २४ गते कारागारबाट फरार भएका थिए । भागेपछि लुकिछिपी बस्दै आएका उनलाई प्रहरीले विशेष सूचनाका आधारमा सुन्दरहरैँचास्थित घरबाटै गिरफ्तार गरेको हो ।

कोशी प्रदेश कार्यालय

अन्य

भिडियो