INSEC Online

📅 २०८३ जेष्ठ २१

सिन्धुली कारागारबाट भागेका एक कैदी गिरफ्तार

आन्दोलनका क्रममा सिन्धुली कारागारबाट भागेका एक कैदीलाई प्रहरीले गिरफ्तार गरेको छ । ज्यानसम्बन्धी मुद्दामा २० वर्ष कैद सजाय तोकिएका सिन्धुली दुधौलीका ४७ वर्षीय रुद्रबहादुर परियारलाई ०८२ मङ्सिर १६ गते प्रहरीले गिरफ्तार गरेको हो ।

गोप्य सूचनाका आधारमा प्रहरी चौकी दुधौलीबाट खटिएको टोलीले परियारलाई आफ्नै घरमा लुकेर बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय डकाहाले जनाएको छ । सो स्थान प्रहरी चौकी दुधौलीबाट करिब ३ किलोमिटर उत्तरतर्फ रहेको छ ।

परियार ०८२ भदौ २५ गते सिन्धुली कारागार तोडेर भागेका थिए । कारागार तोडेर भागेका ४ सय ७३ कैदीबन्दीमध्ये ३ सय ५१ जना यस अघि गरिफ्तार भएका थिए । अन्य कैदीबन्दी अझै सम्पर्कविहीन छन् ।

नवराज पथिक

अन्य

भिडियो