INSEC Online

📅 २०८३ जेष्ठ २१

कपिलवस्तु कारागारबाट भागेका कैदी गिरफ्तार

आन्दोलनको क्रममा कपिलवस्तु कारागारबाट भागेका एकजना कैदीलाई कपिलवस्तु प्रहरीले मङ्सिर १२ गते कपिलवस्तुबाट गिरफ्तार गरेको छ ।

गिरफ्तार गरिएकामा कपिलवस्तु नगरपालिका—२ का चोरी कसुरका अभियुक्त ३५ वर्षीय जाहिर मुसलमान रहेको जिल्ला कारागार कपिलवस्तुका सूचना अधिकारी रेशमलाल भुसालले बताउनुभयो ।
कपिलवस्तु कारागारबाट भागेका १ सय २४ जना कैदी बन्दीहरु अझै फरार रहेको कारागार प्रशासनले जनाएको छ ।

रीमा बि.सी.

अन्य

भिडियो