INSEC Online

📅 २०८३ जेष्ठ २१

कपिलवस्तु कारागारबाट भागेका दुई कैदीबन्दीहरु गिरफ्‌तार

आन्दोलनको क्रममा ०८२ भदौ २४ गते विभिन्न कारागारबाट भागेका दुईजना कैदीबन्दीहरुलाई प्रहरीले कपिलवस्तुका विभिन्न स्थानबाट कात्तिक ३० गते गिरफ्‌तार गरेको छ ।

गिरफ्‌तार गरिएकाहरुमा कपिलवस्तु नगरपालिका– ४ का बलात्कार कसुरका अभियुक्त चिन्कु भन्ने महेन्द्र यादव र महाराजगञ्ज नगरपालिका–१ का लागुऔषध मुद्दाका मनोज कुमार यादव रहेको जिल्ला कारागार कपिलवस्तुका सूचना अधिकारी रेशमलाल भुसालले बताउनुभयो ।

कपिलवस्तु कारागारबाट भागेका १ सय २७ जना कैदी बन्दीहरु अझै फरार रहेको कारागार प्रशासनले जनाएको छ ।

रीमा बि.सी.

अन्य

भिडियो