आन्दोलनको क्रममा केन्द्रीय कारागार काठमाण्डौबाट भागेका चार जना कैदीलाई ०८२ कात्तिक २० गते प्रहरीले गिरफ्तार गरेको छ ।
गिरफ्तार गरिएका कैदीहरुमा झिमरुक गाउँपालिका- ६ की जिवा ढकाल र झिमरुक गाउँपालिका-७ का नारायण केसी र कास्की कारागारबाट भागेका मल्लरानी गाउँपालिका- ५ का प्रकाश घर्ती र गौमुखी गाउँपालिका -३ का थमन पुन रहेका छन् । उनीहरुले कात्तिक २१ गते जिल्ला कारागार प्यूठानलाई बुझाएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर युवनकुमार चौधरीले बताउनु भयो ।