जेनजी आन्दोलनका क्रममा जिल्ला कारागारबाट ०८२ भदौ २४ गते भागेका मध्ये कात्तिक १९ गतेसम्म ३ सय ३३ जना कैदीबन्दी कारागारमा फर्केका छन् भने २ सय ३ जना कैदीबन्दीहरु अझै फरार रहेका छन् ।
कारागारका सूचना अधिकारी जितेन्द्र चौधरीका अनुसार भागेका मध्ये २ सय ९२ पुरुष र ४१ जना महिला गरी ३ सय ३३ जना कैदीबन्दी स्वत स्र्फूत फिर्ता आएका हुन् । चौधरीका अनुसार अझै १ सय ७० पुरुष र ३३ महिला गरी २ सय ३ जना कैदीबन्दी फर्किन बाँकी रहेका छन् ।
३ सय ३३ जना स्वस्फुर्त कारागार फर्किएका हुन् भने ५१ पुरुष र तीन जना महिला कैदीबन्दीलाई प्रहरीले गिरफ्तार गरी कारागार पठाएको हो । यस नवलपरासी (पश्चिम) कारागारबाट भागेका एक महिला र नौ पुरुष पनि अन्य जिल्लाका कारागारमा फर्किएको सूचना अधिकारी चौधरीले बताउनुभयो ।