INSEC Online

📅 २०८३ जेष्ठ २१

कास्की कारागारबाट भागेका कैदीकाे मृत्यु

कास्की कारागारबाट भागेका ५५ वर्षीय देवबहादुर विश्वकर्मा पोखरा महानगरपालिका–२६ बरालडाँडास्थित आफ्नै एक तले कच्ची घरको सुत्ने कोठामा बाँसको बलोमा प्लास्टिकको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेका छन् । प्रहरीले झुन्डिएको व्यक्ति हालै कास्की कारागारबाट भागेका कैदी भएको जनाएको छ। उनी कास्की कारागारमा कर्तव्य ज्यान मुद्दामा कैदी थिए र भदौ २४ गतेको ‘जेनजी आन्दोलन’का क्रममा अन्य कैदीसँगै कारागारबाट भागेका थिए।

०८२ कार्तिक ४ गते विश्वकर्मा झुन्डिएको खबर पाएपछि प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय, कास्कीका डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार घटनाको समयमा घरमा कोही पनि नभएको र मुचुल्का गरी शव पोष्टमार्टमका लागि पश्चिम क्षेत्रीय अस्पताल पठाइएको छ।

सञ्जय रानाभाट

अन्य

भिडियो