आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको प्रदर्शनपछि काठमाडौँको जगन्नाथ देवल कारागारबाट फरार भएका एक कैदीलाई ०८२ असोज २२ गते रुपन्देही गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार कर्मचारी ज्यान मुद्दामा सजाय भोगिरहेका ६५ वर्षीय पुणत बासी लोनियालाई रुपन्देहीको गैडहवा गाउँपालिका–६, गुलरियाबाट गिरफ्तार गरिएको हो ।
इलाका प्रहरी कार्यालय सूर्यपूराबाट खटिएको टोलीले उनलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय बुझाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुरज कार्कीले बताउनुभयो ।
रीमा बि.सी.