महाबु गाउँपालिकाको अध्यक्ष र दुल्लू नगरपालिका–१३ को वडाध्यक्ष पदको मङ्सिर १६ गते हुने उपनिर्वाचनको कार्य सम्पादन गर्न दुई स्थानमा कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
महाबुमा मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डे र दुल्लू नगरपालिका–१३ का निर्वाचन अधिकृत दैलेख जिल्ला अदालतका श्रेस्तेदार उपसचिव वीरेन्दबहादुर मल्लले औपचारिक कार्यक्रम गरी कार्यालय स्थापना भएको जानकारीसँगै निर्वाचन कार्यक्रमहरू प्रकाशित गर्नुभएको छ ।
उपनिर्वाचनको कार्यलाई स्वच्छ, मर्यादित र शान्त बनाउन निर्वाचन आचारसंहिताको पालना, राजनीतिक दल र उम्मेदवारले गर्ने चुनावी प्रचारका कार्यक्रम समन्वयात्मक रूपमा सञ्चालन गर्ने, शान्ति–सुरक्षा सवालका सबै क्षेत्रको सहयोग बारे प्रकाश पार्नुभएको थियो ।
