स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनको लागि कार्तिक ३० गते स्वामीकार्तिक खापर गाउँपालिका केन्द्र सुईजिउलामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत्त संजीव पोखरेले जानकारी दिनु भयो ।
रिक्त उपाध्यक्ष पदको मनोनय दर्तादेखि मतगणना गाउँपालिकामा नै गर्नु पर्ने भएकाले गाउँपालिकाको केन्द्रमा नै कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत पोखरेलले बताउनु भयो ।
कार्यालय स्थापनापछि मङ्सिर १ गतेदेखि निर्वाचनका कामहरु अगाडी बढाउने तयारी रहेको कर्यालयले जनाएको छ । ।
२०७९ को स्थानीय तहको निर्वाचनबाट निर्वाचित गाउँपालिकाकी उपाध्यक्ष मैनादेवी जोशीकोे निधन भएपछि रिक्त पदमा उप निर्वाचन हुन लागेको हो ।
स्वामीकार्तिक खपर गाउँपालिकामा हुने उप निर्वाचनको लागि पाँच ओटा मदतान स्थलमा नौ ओटा मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालय, बाजुराका जिल्ला निर्वाचन अधिकारी अंगत महत्तले बताउनु भयो ।
०७९ सालको स्थानीय निर्वाचनमा रुख चिन्ह्का उम्मेदार नेपाली कांग्रेसबाट मैना जोशीले १ हजार ८ सय १० मत प्राप्त गरी बिजयी हुनुभएको थियो । उहाँका प्रतिस्पर्धी सूर्यचिन्ह्बाट नेकपा एमालेकी सुलोचना बुढाले १ हजार ६ सय ३७ मत प्राप्त गर्नुभएको थियो ।
स्वामीकार्तिक खापर गाउपालिकामा हुने उपनिर्वाचनको लागि वडा नम्वर १ मा १ हजार ७ सय २६, वडा नम्वर २ मा १ हजार ३ सय ३८, वडा नम्वर ३ मा २ हजार ७३ जना रहेका छन । त्यसैगरी वडा नम्वर ४ मा १ हजार ४ सय १५, वडा नम्वर ५ मा ९ सय ८ जना गरी जम्मा ७ हजार ४ सय ६० जना निर्वाचन कार्यालय, बाजुराका जिल्ला निर्वाचन अधिकारी अंगत महत्तले बताउनु भयो ।
स्वामीकार्तिक खापर गाउँपालिकाको रिक्त उपाध्यक्ष पदको उपनिर्वाचनको लागि बाजुरा जिल्ला अदालतका न्यायाधिश संजिव पोखरेललाई निर्वाचन अधिकृत्त तोकिएको छ । स्थानीय निर्वाचन २०८१ मा उम्मेद्धारका लागि खर्चको हद निर्धारण गरिएको छ । जस्मा गाउँपालिका अध्यक्ष र उपाध्यक्षले ३ लाख ५० हजार रुपियाँ खर्च गर्न पाउने तोकिएको छ । स्थानीय तह उपनिर्वाचनको लागि २५ ओटा दल निर्वाचन आयोगमा दर्ता भएका छन् ।
