INSEC Online

📅 २०८३ जेष्ठ २१

बझाङ उपनिर्वाचन ०८१ः प्रदेश सभा सदस्य उपनिर्वाचनको तयारी अन्तिम चरणमा

बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा ०८१ वैशाख १५ गते हुन गइरहेको उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । कर्मचारीहरुलाई नियुक्ति–पत्र सहित निर्वाचन सामग्री उपलब्ध गराएर मतदान स्थलतर्फ पठाउने कार्य सुरु गरिएको छ । निर्वाचन आयोगले उपनिर्वाचन सम्पन्न गर्नका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, मतदान कर्मचारी र सहायक कर्मचारीले नियुक्ति–पत्रसँगै निर्वाचन खर्च र सामग्री बुझाएर सुरक्षाकर्मी सहित मतदान केन्द्र र मतदान स्थलमा पठाएको छ । निर्वाचनलाई स्वच्छ, शान्त र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी १ हजार २ सयको सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

photo20240424bajhang (1)

प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले निर्वाचन लक्षित सुरक्षा योजना तयार गरी उपनिर्वाचनका लागि १ हजार २ सय  प्रहरी परिचालन गरिएको जानकारी दिनु भयो ।

उपनिर्वाचनलाई शान्त र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन क्षेत्रभित्र रहेका मतदान केन्द्रलाई संवेदनशीलताको आधारमा वर्गिकरण गरेर सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कुईकेलको भनाइ छ ।

photo20240424bajhang (1)

९३ मतदान केन्द्र र ७४ मतदान स्थल रहेको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा निर्वाचन सामग्री सहित कर्मचारी र सुरक्षाकर्मीहरुलाई खटाइएको जिल्ला निर्वाचन कार्यालय, बझाङका निर्वाचन अधिकृत मानबहादुर धामीले बताउनु भयो ।

साइपाल गाउँपालिका अन्तर्गतका पाँच ओटा मतदान केन्द्रमा खटिने मतदान अधिकृत सहित कर्मचारी र सुरक्षाकर्मी वैशाख १२ गते नै पठाई सकिएको र अन्य स्थानीय तहका मतदान केन्द्र र मतदानस्थलमा पनि सबै तयारी पुराभएको निर्वाचन अधिकृत धामीले बताउनु भयो ।

photo20240424bajhang (2)

मतदान केन्द्र अनुसार जिल्लामा ६ सय ५१ जनशक्ति परिचालन गरिएको र प्रत्येक केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत र पाँच जना सहयोगी कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

अन्य

भिडियो