INSEC Online

📅 २०८३ जेष्ठ २१

मौन अवधिको पालना गर्न निर्वाचन आयोगको आग्रह

इलाम र बझाङका निर्वाचन हुने क्षेत्रका सरोकारवाला सबै र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूसँग निर्वाचन आयोगले मौन अवधिको पालना गर्न आग्रह गरेको छ ।

वैशाख १५ गते गर्न लागिएको उपनिर्वाचनको मौन अवधि सुरु भएसँगै आयोगले यस्तो आग्रह गरेको हो ।  निर्वाचन आयोगले मतदान हुने दिन  वैशाख १५ गतेभन्दा ४८ घण्टा अघि वैशाख १२ गते राति १२ बजेदेखि प्रचारप्रसार गर्न निषेध गरिएको जनाएको छ ।

इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिताअनुसार प्रचारप्रसार गर्न निषेध गरेको आयोगले जनाएको छ ।

Coc_2079_1

Coc_2079_2

आयोगले यस अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने व्यवस्थासमेत मिलाइसकेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

निर्वाचन आचारसंहिताबमोजिम प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठीलगायत गर्न तथा उम्मेदवारको पक्ष या विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, एसएमएस, फेसबुक भाइबरजस्ता विद्युतीय माध्यम तथा सामजिक सञ्जालबाट समेत मत माग्न निषेध छ ।

दुवै जिल्लामा निर्वाचनको पर्यवेक्षण गर्नका लागि इन्सेकबाट २५ जना पर्यवेक्षक परिचालन हुने इन्सेकले जनाएको छ ।

अन्य

भिडियो