राष्ट्रिय सभा निर्वाचन अन्तर्गत गण्डकीमा मतदान सुरु भएको छ । सबैभन्दा पहिलो मतदाताका रूपमा पोखराका मेयर धनराज आचार्यले मतदान गर्नुभएको छ भने र प्रदेशसभा सदस्य तर्फ भीम कार्कीले मतदान गर्नुभएको छ ।
गण्डकी प्रदेशमा गठबन्धनबाट अन्यतर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ र अपाङ्गतातर्फ पदम परियार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ भने महिलातर्फ माओवादीकी मनरुपा शर्मा सुवेदीले हुनुहुन्छ । एमालेबाट महिलातर्फ सम्झना देवकोटा, अन्यतर्फ चक्रबहादुर पराजुली र अपाङ्ग तर्फ हेमन्त शेरचन हुनुहुन्छ भने राप्रपाको तर्फबाट पनि अन्यतर्फ रोमबहादुर भण्डारी र महिलातर्फ गोममाया श्रेष्ठ हुनुहुन्छ ।
माघ ११ गते भइरहेको राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकी प्रदेशबाट तीन पदका लागि प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा पुस २३ गते आठ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
आसन्न राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेश सभा सदस्यहरु र प्रदेशका महानगरपालिका, नगरपालिका र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष उक्त निर्वाचनको मतदाता हुनेछन् । प्रदेशमा कुल मतभार ६ हजार ४ सय १० छ ।



