INSEC Online

📅 २०८३ जेष्ठ २१

राष्ट्रिय सभा निर्वाचनका लागि कर्णाली प्रदेशमा मतदान शुरु

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत माघ ११ गते कर्णाली प्रदेशमा मतदान सुरु भएको छ । बिहान नौ बजेदेखि मतदान सुरु भएको हो ।

मतदानमा लागि प्रदेशका सांसद तथा स्थानीय‌ तहका जनप्रतिनिधि प्रदेश निर्वाचनको कार्यालय बाहिर सहभागी छन् । मतदानका लागि दुई ओटा मतदान केन्द्रमा ६ ओटा बाकस राखिएको छ। गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चिम) अन्य, नेकपा माओवादीका विष्णु विक ‘विकल्प’ (कालिकोट) दलित र एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख)ले उम्मेदवारी दर्ता गराएका हुन्। एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विकले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

प्रदेश सभाका सदस्यहरूको मतभार सङ्ख्या २ हजार १ सय २० र पालिकाका जनप्रतिनिधिको दुई हजार ९ सय ६४ मतभार गरी जम्मा ५ हजार ८४ मतभार छ । यो मध्ये सत्तारुढ गठबन्धनको पक्षमा तीन हजार ७ सय ७९ मतभार सङ्ख्या छ ।  एमालेको मतभार सङ्ख्या एक हजार १ सय ९५ मात्रै छ ।

१ सय ९६ मतदाता सङ्ख्या रहेको कर्णालीमा हालसम्म प्रदेश सभा ३५ तर्फ र स्थानीय तर्फ १ सय ४१ मत खसिसकेको सहायक निर्वाचन अधिकृत उज्ज्वल रावलले जानकारी दिनुभयो । उहाँका अनुसार मतदान गर्ने समय साँझ ३ बजेसम्म रहेको र ४ बजेपछि मात्रै मतगणना हुनेछ । हालसम्म शान्तिपूर्ण मतदान भइरहेको उहाँले बताउनुभयो ।

Photo20240125Surkhet (1)

Photo20240125Surkhet (11)

Photo20240125Surkhet (10)

 

Photo20240125Surkhet (2)

Photo20240125Surkhet (3)

Photo20240125Surkhet (4)

Photo20240125Surkhet (5)

Photo20240125Surkhet (6)

Photo20240125Surkhet (7)

Photo20240125Surkhet (8)

Photo20240125Surkhet (9)

 

अन्य

भिडियो