सरकारले राष्ट्रियसभाको रिक्त राष्ट्रियसभा सदस्य पदका लागि ०८० माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ । सिंहदरबारमा ०८० मङ्सिर १३ गते बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रियसभाका रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको हो ।
आगामी फागुन २० गतेदेखि राष्ट्रियसभाका २० जना सदस्यको कार्यकाल सकिँदैछ । सोही रिक्त पदमा निर्वाचन आयोगले नयाँ सदस्यको लागि निर्वाचन गर्न लागेको हो । निर्वाचन आयोगको नियमावलीमा राष्ट्रियसभाका सदस्यको म्याद सकिनु ३५ दिन अगावै निर्वाचन गर्नु पर्ने व्यवस्था रहेको छ ।