INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीले चलाएको गोली लागेर सिन्धुलीका घलान घाइते

गोकर्णेश्वर नगरपालिका-३, जगडोलमा ०८० असोज २५ गते प्रहरीले चलाएको गोली लागेर सिन्धुलीको कमलामाई नगरपालिका-२ का ३६ वर्षीय अमर घलान घाइते हुनुभएको छ । दाहिने घुँडा र तिघ्रामा गोली लागेर घाइते हुनुभएका घलानको उपचारका लागि जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा भर्ना गरिएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार लुटपाटका लागि मोटरसाइकलमा आएको टोलीले प्रहरीमाथि आक्रमण गरेर फरार हुन खोज्दा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन गोली प्रहार गरेको थियो । प्रहरीले घटनास्थलबाट सर्लाहीका ३६ वर्षीय शन्त लामा र सिन्धुपाल्चोकका ३० वर्षीय जितेन लामालाई समेत गिरफ्तार गरेको खत्रीले बताउनु भयो ।

प्रहरीले घटनास्थलबाट नौ एमएम पेस्तोल एक थान र सात राउण्ड गोली समेत बरामद गरेको एसएसपी खत्रीले इन्सेकलाई जानकारी दिनुभयो । गिरफ्तारीमा परेकाहरूलाई प्रहरी वृत्त, बौद्धमा राखेर अनुसन्धान सुरु गरिएको एसएसपी खत्रीले बताउनु भयो ।

अन्य

भिडियो