INSEC Online

📅 २०८३ जेष्ठ २१

नयाँकिरण मावि मतदान केन्द्रमा नाराबाजी

भरतपुर महानगरपालिका-११ को नयाँकिरण मावि मतदान केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने मतदानस्थलमा आएलगत्तै उनका समर्थकहरूले लामिछानको पक्षमा नाराबाजी गरेको निर्वाचन कार्यालयका सहायक अधिकृत इश्वर आचार्यले जानकारी दिनुभयो ।

लामिछानेका समर्थकले नारा लगाएपछि अन्य दलका कार्यकर्ताले मतदान केन्द्रमा नाराबाजी गर्न पाइँदैन भन्दै विरोध प्रदर्शन गरेको आचार्यले उल्लेख गर्नुभयो ।

प्रहरीले नाराबाजी गर्ने सबै समर्थकहरूलाई लाठीचार्ज गर्दै स्थिति नियन्त्रणमा लिएको थियो ।

सोही क्रममा नेपाली कांग्रेसका निर्मलकुमार राना र हरि आचार्य घाइते भएका थिए ।

मतदान स्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सङ्ख्या थप गरि रोकिएको मतदान सुरु गर्ने तयारी भइरहेको सहायक अधिकृत आचार्यले बताउनु भयो ।

Photo_080-1-10_Chitwan,

Photo_080-1-10_Chitwan

अन्य

भिडियो