बारा, चितवन र तनहुँका एकएक निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि वैशाख १० गते बिहान ७ बजेबाट मतदान सुरु भएको छ । मतदान कार्य साँझ ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार बारा जिल्ला निर्वाचन क्षेत्र २ मा १ लाख ५ हजार २ सय ४८ जना, चितवन जिल्ला निर्वाचन क्षेत्र २ मा १ लाख २४ हजार ६ सय ५९ जना र तनहुँ जिल्ला निर्वाचन क्षेत्र १ मा १ लाख २३ हजार ३ सय ५ जना मतदाता रहेका छन् ।
उपनिर्वाचन हुने तीन जिल्लाका लागि १ सय ९४ मतदानस्थल र ४ सय २७ मतदान केन्द्र रहेका छन् । बारा जिल्लामा ८२ मतदान स्थल र १ सय ३७ मतदान केन्द्र रहेका छन् ।
चितवन जिल्लामा ४३ मतदानस्थल र १ सय ३८ मतदान केन्द्र रहेका छन् भने तनहुँ जिल्लामा ६९ मतदानस्थल र १ सय ५२ मतदान केन्द्र रहेका छन् ।

बारा



चितवन








तनहुँ





फोटोः बारा-भोलानाथ पौडेल, चितवन-दिपेन्द्र अधिकारी र तनहुँ-प्रकाशचन्द्र भट्टराई