INSEC Online

📅 २०८३ जेष्ठ २१

चितवन क्षेत्र नं. २ मा उपनिर्वाचन सुरु

आज भइरहेको प्रतिनिधिसभा चितवन क्षेत्र नं. २ मा बिहान ७ बजेबाटै सबै मतदान स्थलहरूमा मतदान सुरु भएको छ ।

चितवन क्षेत्र नं. २ का सबै मतदानस्थलमा शान्तिपूर्ण मतदान सुरु भएको इन्सेक जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारी जानकारी दिनुभयो ।

Photo_080-1-10_Chitwan,

भारतपुर महानगरपालिका-७ राष्ट्रिय मावि कृष्णापुरमा मतदाता ७ हजार २ सय २३ जाना रहेकोमा एक हजारभन्दा बढीले मतदान गरेका छन् । त्यस्तै भरतपुर महानगरपालिका-४ को लक्ष्मी मावि मतदान केन्द्रमा ५ हजार ५ सय २४ जाना रहेकोमा १ हजार ५ सय भन्दा बढीले मतदान गरिसकेका छन् ।

342550230_666729435463272_2097340067027012613_n

त्यस्तै कालिका नगरपालिका-९ को चतुरमुखी माविमा २ हजार ७ सय मतदाता रहेकोमा ५ सय जना भन्दा बढीले मतदान गरिसकेको जिल्ला निर्वाचन अधिकारी भिमेसेन कार्कीले जानकारी दिनुभयो ।

341348043_1155683582499305_3414782450755770165_n

चितवन क्षेत्र नं. २ को सबै मतदान स्थलहरू स्वतन्त्र, निश्पक्ष र भयरहित भएको राष्ट्रिय मानव अधिकार आयोगको बागमती कार्यालय प्रमुख यज्ञ अधिकारीले उल्लेख गर्नुभयो ।

चितवन जिल्लामा ४३ मतदानस्थल र १ सय ३८ मतदान केन्द्र रहेकोमा सबै स्थलमा मतदान भइरहेको इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले बताउनु भयो ।

341397475_2882667431863384_6630263830781906718_n

अन्य

भिडियो