INSEC Online

📅 २०८३ जेष्ठ २१

चितवन क्षेत्र नं. २ को उपनिर्वाचन पूर्व तयारी सन्तोषजनकः आयोग

चितवन क्षेत्र नं. २ मा वैशाख १० गते हुने प्रतिनिधिसभा उपनिर्वाचनको पर्यवेक्षण गरिरहेको राष्ट्रिय मानव अधिकार आयोगले उपनिर्वाचन तयारी सन्तोषजनक रहेको जनाएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगको बागमती कार्यालय प्रमुख यज्ञ अधिकारी, लोकनाथ घिमिरे, रेवा रेग्मी र इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीसहितको उपनिर्वाचन पूर्व पर्यवेक्षण टोलीले चितवन क्षेत्र नं. २ मा उपनिर्वाचन हुनु पूर्वको तयारी सन्तोषजनक पाइएको जनाएको हो ।

WhatsApp Image 2023-04-22 at 7.58.40 PM (1)

उपनिर्वाचनको प्रचार, मतदान केन्द्रको तयारी, कर्मचारी परिचालन, मतपेटिका र मतदाताको सुरक्षालगायतका विषयमा निर्वाचन आयोगले गरेको तयारी सन्तोषजनक रहेको राष्ट्रिय मानव अधिकार आयोगको बागमती कार्यालय प्रमुख यज्ञ अधिकारीले बताउनु भयो ।

WhatsApp Image 2023-04-22 at 7.58.40 PM

अनुगमन टोलीले उपनिर्वाचन पूर्वको अवस्था, निर्वाचन आचारसंहिताको कार्यान्वयन तथा परीपालना, मतदाता शिक्षा, सुरक्षा व्यवस्थापन र मानव अधिकारको स्थितिसम्बन्धमा जिल्ला निर्वाचन अधिकारी भिमेसेन कार्कीसँग छलफल गरेको थियो ।

प्रमुख जिल्ला निर्वाचन अधिकारी कार्कीले उपनिर्वाचन सुरक्षा योजना बनाएर काम भइरहेको, मतदान अधिकृत तथा कर्मचारीलाई तालिम दिइएको, निर्वाचन आचारसंहिताको पालन नभएको अवस्थामा सचेत पार्ने कार्य भइरहेको अनुगमन टोलीसँग छलफलका क्रममा बताउनु भयो ।

Photo_080-1-9_Chitwan.

उपनिर्वाचनमा स्थानीयको बुझाइ तथा अपेक्षा, आचारसंहिता पालनाको अवस्था र निर्वाचनमा नागरिक समाजको भूमिकाका राम्रो भएको इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले जानकारी दिनुभयो ।

उपनिर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न पत्रकार, मानव अधिकारकर्मी र निर्वाचन प्रर्यवेक्षकको ठुलो भूमिका हुने भएकोले कसैको डर, धम्की प्रलोभनमा नपरी निष्पक्ष रुपमा निर्वाचनको पर्यवेक्षण गर्न र सूचना सम्पेषण गर्न प्रदेश संयोजक भण्डारीले आग्रह गर्नु भयो ।

WhatsApp Image 2023-04-22 at 7.58.40 PM (2)

अन्य

भिडियो