INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्ला निर्वाचन आचारसंहिता अनुगमन टोलिद्वारा सार्वजनिक ठाउँमा बनाएको चुनाव चिन्ह हटाउन निर्देशन

जिल्ला निर्वाचन आचारसंहिता अनुगमन टोलिले तीन ओटा पार्टीलाई ०८० वैशाख ८ गते आयोजित सर्वदलीय बैठकमा सार्वजनिक ठाउँमा बनाएको चुनाव चिन्ह हटाउन निर्देशन दिएको छ ।

नेपाली काँग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीलाई उक्त निर्देशन दिइएको आचारसंहिता अनुगमन टोलिका संयोजक कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनका प्रमुख मणीभद्र न्यौपानेले बताउनु भयो ।

नेपाली काँग्रेसको रुख, एमालेको सूर्य र स्वतन्त्र पार्टीको घण्टी चिन्ह हटाउन भनिएको न्यौपानेले जानकारी दिनुभयो ।

टोलिले विभिन्न ठाउँको अनुगमनको क्रममा पार्टी सम्बद्ध चुनाव चिन्हहरू सडक तथा अन्य सार्वजनिक ठाउँमा बनाएको भेटिएको भन्दै उक्त चिन्हहरू तत्काल मेटाउन र हटाउन भनिएको प्रमुख न्योपानेले बताउनु भयो ।

अन्य

भिडियो