INSEC Online

📅 २०८३ जेष्ठ २१

वैशाख १० गते हुने उपनिर्वाचनका लागि मौन अवधि शुरु

आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि बिहीबार रातिदेखि मौन अवधि सुरु भएको छ । बारा क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र चितवन क्षेत्र नं २ मा उपनिर्वाचन हुँदैछ ।

उपनिर्वाचनको मौन अवधिमा राजनितक दलले चुनावी प्रचारप्रसार गर्न नपाउने कानुनी व्यवस्था छ ।

निर्वाचन आचारसंहिता अनुसार निर्वाचन हुनु ४८ घण्टा अघिदेखि मौन अवधि लागु हुन्छ ।

मौन अवधिभर दलहरूले छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठीलगायत कुनै पनि क्रियाकलाप गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ ।

अन्य

भिडियो