INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन आचारसंहिता उल्लङ्घनविरूद्ध उजुरी

प्रतिनिधिसभा सदस्यका लागि चितवन क्षेत्र नं. २ मा वैशाख १० गते हुने उपनिर्वाचनका सन्दर्भमा निर्वाचन आचारसंहिता उल्लङ्घनविरूद्ध ०८० वैशाख ६ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ ।

एउटा लिखित उजुरी परेको तर त्यो बेनामे रहेको आचारसंहिता अनुगमन समितिका जिल्ला संयोजक मणिभन्द्र न्यौपानेले बताउनु भयो ।

सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेर गालीगलौच गरेको र कालिका नगरपालिका-१ मा घण्टीको ठूलो फोटो बनाएको भनी उजुरी परेको संयोजक न्यौपानेले जानकारी दिनुभयो ।

उजुरी उपर अनुगमनका लागि फिल्डमा जाने तयारी भएको उहाँले बताउनु भयो ।

अन्य

भिडियो