INSEC Online

📅 २०८३ जेष्ठ २१

उपनिर्वाचनका लागि खटिए कर्मचारी

प्रतिनिधिसभा सदस्यका लागि चितवन क्षेत्र नं. २ मा हुन लागेको उपनिर्वाचनका लागि ६ सय ९० जना कर्मचारीहरू मतदान केन्द्रमा खटिएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले बताउनु भयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले ०८० वैशाख ७ गतेदेखि निर्वाचन सामग्री वितरण गरेको छ । मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले निर्वाचन सामग्री लिएर सम्बन्धित केन्द्रमा जाने सहायक निर्वाचन अधिकृत आचार्यले बताउनु भयो ।

‘बिहीबार र शुक्रबार गरेर कर्मचारीले निर्वाचन सामग्री लैजानुहुन्छ । उहाँहरू सम्बन्धित मतदान केन्द्रमा पुगेपछि स्थानीय दलका प्रतिनिधिसँग समन्वय गरेर सर्वदलीय बैठक राख्नुहुनेछ’, उहाँले भन्नुभयो ।

चितवन क्षेत्र नं. २ मा ४३ मतदानस्थल र १ सय ३८ ओटा मतदान केन्द्र रहेका छन् । एउटा मतदान स्थलमा आठ ओटासम्म मतदान केन्द्र रहेका छन् ।

विद्यालयलाई नै मतदान स्थलका रूपमा प्रयोग गर्ने गरिएको सहायक निर्वाचन अधिकृत आचार्यले जानकारी दिनुभयो ।

Photo_080-1-7_Chitwan

अन्य

भिडियो