
बारा क्षेत्र नम्बर २ का जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले निर्वाचन आचार संहिताको उल्लङ्घन गर्दै चुनाव प्रचार प्रसार गर्नुभएको छ ।
०७९ चैत २४ गते देखि लागुभएको निर्वाचन आचार संहितामा उम्मेदवार र दलको चुनाव चिन्ह भएको लोगो वा लकेट लगाउन नपाइने उल्लेख भएपनि यादवले आफ्नो चुनाव चिन्ह छाता अंकित लोगो तगाएर चुनाव प्रचारमा हिड्नु भएको छ ।


पचरौता नगरपालिका–८ बाजोपट्टीमा वैशाख १ गते नयाँ वर्षको उपलक्षमा एकहजार जनालाई बिहान नास्ताको व्यवस्था गर्न लगाउनु भयो । खाजा खाएपिछ बालबालिका, महिला र पुरुषलाई छाता, मोटरसाइकल र चारपाङ्गे्र यातायातका साधनमा आचारसंहिता विपरीत छाता अङ्कित झण्डा बाध्न लगाउनु भयो । उहाँले बालबालिकाको शरीरमा छाता अङ्कित लोगो टास्न लगाउनु भयो ।
पचरौता नगरपालिका–८ बाजोपट्टीबाट वैशाख १ गते बिहान शुरु भएको र्याली आचारसंहिता उल्लङ्घन गर्दौ कुडवा हुँदै बेनौली गइरहेको र सुवर्ण गाउँपालिकाको बवही गोठबाट पचरौताको र्यालीमा आउँदै गरेको समूहसँग प्रहरीको जम्का भेटभइ जनता समाजवादी पार्टीमा सहभागि भएका १५ ओटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको जिल्ला आचारसंहिता अनुगमन समितिका अनुगमन अधिकृत हरिकृष्ण बरालले बताउनु भयो ।
निर्वाचन आचारसंहिताको परिच्छेद ४ को १३ नम्बर बुदाँमा जुलुस वा आमसभामा भाग लिने वा प्रचार प्रसार गर्ने व्याक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अङ्कित लोगो, स्टिकर वा लकेट लगाउन नपाइने स्पस्ट व्यवस्था उल्लेख भएपनि प्रचार प्रसारमा सबैले उल्लङ्घन गरेका थिए ।
आचारसंहिताको पालना नगर्ने र नगराउने उम्मेदवारलाई कारबाही हुने भएकाले सबै उम्मेदवारलाई जिम्मेवार बन्न मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले अनुरोध गर्नु भयो । उहाँले उल्लङ्घन गर्नेलाई कारबाहीको व्यवस्था भएकाले सचेत हुन जरुरी रहेको बताउनु भयो ।