उपनिर्वाचन हुने तीन जिल्लामा भोलि (चैत २४ गते) देखि निर्वाचन आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगले चितवन, बारा र तनहुँमा मन्त्रीहरु, संवैधानिक निकायका पदाधिकारी, स्थानीय कार्यपालिकाका सदस्यलगायतका लागि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।
आगामी वैशाख १० गते बारा-२, चितवन-२ र तनहुँ-१ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचनको कार्यक्रम रहेको छ ।