INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता

आगामी वैशाख १० गते बारा निर्वाचन क्षेत्र नं २ का लागि हुने प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनका लागि राजनीतिक दलहरू चैत २० गते उमेदवारी दर्ता गराएका छन् ।

बारा निर्वाचन क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि खालि भएको एक स्थानमा वैशाख २० गते उम्मेदवारहरूले मनोनयन गर्ने कार्य तालिका अनुसार ३६ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले बताउनुभयो । मनोनयनपत्र दर्ता गर्न बैशाख २० गते विहान १० बजे शुरु भएर साँझ पाँच बजे सम्पन्न भएको हो ।

आम जनता पार्टीका अरुण कुमार ज्ञवाली, जनता समाजवादी पार्टीका उपेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टीका कमरुल्लाह अन्सारी, हाम्रो नेपाली पार्टीका चन्द्र प्रकाश सुवेदी, नेपाल संघीय समाजवादी पार्टीका नेजारुल अन्सारी, नेपाल कप्निष्ट पार्टी एकिकृत माक्सवादी लेलिनवादीका पुरुषोतम पौडेल, मंगोल नेशनल अर्गनाइजेसनका प्रमोद राम चमार, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका मनिफ मियाँ अंसारी, नेपाल मजदुर किसान पार्टीका मुक्ति प्रसाद यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश प्रसाद खरेल, जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा, राष्ट्रिय प्रजातन्त्र पार्टीका सोनालाल प्रसादसाह तेली लगायत ३६ जनाले उम्मेदवार मनोनयन पत्र दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोजकुमार चौधरीले बताउनुभयो ।

उम्मेदवारी दर्ता गराउन जाँदा २५ जना भन्दा बढी सहभागी हुन नपाउने, बाजा, झाँकी प्रदर्शन गर्न नपाइने आचारसंहितामा उल्लेख गरिए पनि जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले उलङ्घन गरेकाछन् । महागढीमाई नगरपालिका–२ बरियारपुर चौकबाट गढीमाई मन्दिर हुँदै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सयौं गाडीको लस्कर र डिजे नाँच साथै बाजा बजाएका हुन् ।

1680524591549168052468508116805247948311680524794776168052468508116805246850581680524889592

अन्य

भिडियो