१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लालीगुराँस नगरपालिका-३ का मुसाङ्खेलका १९ वर्षीय अनिश बस्नेतलाई जेठ ११ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले जेठ १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर छे फिञ्जो भोटेले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ १० गते गरिएको छ ।