INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा आठ वर्ष कैदको फैसला

२६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा खडक नगरपालिका–९ का २६ वर्षीय मो. सद्दामलाई अदालतले वैशाख २१ गते आठ वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश इश्वरमणी ओझाको इजलासले अभियोग दावी पुग्ने भन्दै आठ वर्ष कैद र २ लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको सप्तरी जिल्ला अदालतले जनाएको छ ।

खडक नगरपालिका–७ कल्याणपुरस्थित खेतबारीमा रोपाइ काम गरी घर फर्किन लागेका बेला ललाइफकाई करकापमा पारी धाकधम्की देखाई आँपघारीमा सद्दामले ०७८ असार १० गते राति बलात्कार गरेको भनी पीडितले इलाका प्रहरी कार्यालय कल्याणपुरमा असार १४ गते उजुरी दिएकी थिइन् ।

पीडितको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पतालमा ०७८ असार १८ गते गरिएको थियो । इलाका प्रहरी कार्यालय कल्याणपुरले ०७८ असार २९ गते उजुरी दर्ता गरेको थियो । प्रहरीले ०७८ साउन ८ गते आरोपितलाई गिरफ्तार गरेको थियो ।

जिल्ला अदालतमा साउन २९ गते अभियोगपत्र दायर भएकोमा जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलाशले सद्दामलाई साउन ३१ गते १ लाख रुपियाँ धरौटी राख्न लगाई पुर्पक्षका लागि तारेखमा रिहा गरेको थियो ।

अन्य

भिडियो