बोल्न नसक्ने अपाङ्गता भएकी १२ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ मट्टिगढाका २० वर्षीय आशाराम रामलाई अदालतले वैशख २१ गते १५ वर्ष कैद सजाय गरेको छ ।
यायाधीश इश्वरमणी ओझाको इजलासले अभियोग दावी पुग्ने भन्दै १५ वर्ष कैद र ५ लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको आरोपितका कानुन व्यवसायी बालकृष्ण ढुङ्गानाले जानकारी दिनु भयो ।
गाईबस्तु चराउन गएकी अपाङ्गता भएकी बालिकालाई अमसोत नदीको किनारमा रहेको झाडीमा रामले ०७७ जेठ १ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा जेठ २ गते उजुरी दिएकी थिइन् ।
बलात्कार गरेको देखेपछि एक गाउँलेले अन्य गाउँलेहरूलाई बोलाएर रामलाई नियन्त्रणमा लिई प्रहरी चौकी पकरीको जिम्मा लगाएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पतालमा ०७७ जेठ १ गते गरी जिल्ला प्रहरी कार्यालयले जेठ २ गते उजुरी दर्ता गरेको थियो ।
जिल्ला अदालतमा ०७७ जेठ २५ गते अभियोग पत्र दायर भएकोमा जेठ २६ गतेदेखि बलात्कार आरोपमा राम पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेको जिल्ला अदालतले जनाएको छ ।