सहीदभूमि गाउँपालिका–६ बरबोटेकी २३ वर्षीया दीपशिखा राईको हत्या गरेको आरोपमा प्रहरीले २१ वर्षीय पति विनय राईलाई वैशाख ११ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले घरायसी विवादका क्रममा वैशाख ७ गते कुटपिट गरी हत्या गरेको आरोपमा पीडितका दाजु नगेन्द्र राईले वैशाख ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका लक्ष्मीराज अधिकारीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
शवको पोष्टमार्टम कटारी अस्पतालमा वैशाख ९ गते गरिएको छ ।
पीडित पक्षले वैशाख १० गते शव बुझी सहीदभूमि गाउँपालिका–७ स्थित बरबोटेमा सद्गत गरेको छ ।