INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका बलत्कार घटनाका आरोपित गिरफ्तार

९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिनपाटन गाउँपालिका–१ का ७५ वर्षीय जुदमान सार्कीलाई प्रहरीले ०७९ वैशाख ७ गते राती घरबाटै गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई वैशाख ६ गते गरेको भन्दै आरोपितविरुद्ध पीडितका आफन्तले वैशाख ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी मनोजकुमार लामाले जानकारी दिनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण सिन्धुली अस्पतालमा गरी थप उपचार भइरहेको डिएसपी लामाले बताउनु भयो ।

अन्य

भिडियो