INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा झापा जिल्ला गौरादह नगरपालिका घर भइ महाँकाल गाउँपालिका–६, ठुलादुर्लुङ बस्ने ५१ वर्षीय डिल्लीराम सिवाकोटीलाई प्रहरीले ०७९ वैशाख ५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई ललाई/फकाई ०७८ भदौदेखि पटक/पटक बलात्कार गर्दै आएकोमा वैशाख ४ गते पनि बलात्कार गरेको भन्दै पीडितका आफन्तले वैशाख ५ गते महानगरीय प्रहरी वृत्त चापागाउँमा उजुरी दिएको थियो ।

आरोपितलाई वैशाख ६ गते जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर जावलाखेलका एसपी सिद्धिविक्रम साहले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख ५ गते पाटन अस्पताल ललितपुरमा गरियो ।

अन्य

भिडियो