INSEC Online

📅 २०८३ जेष्ठ २१

बालविवाह घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१७ वर्षीया बालिकालाई ललाई फकाई बालविवाह गरेको आरोपमा १७ वर्षीय बालकविरुद्ध प्रहरीले ०७९ वैशाख ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ ।

बालविवाह गर्ने बालकविरुद्ध ०७९ वैशाख ५ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा उजुरी दर्ता भई जिल्ला अदालतमार्फत  पाँच दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेका जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोजकुमार लामाले बताउनु भयो ।

गोलञ्जोर गाउँपालिका–६ बलेनीस्थित महादेवको मन्दिरमा विवाह गरी बेहुलीसहित घर तर्फ आउँदै गरेको अवस्थामा बेहुलाबेहुलीलाई नै प्रहरीले वैशाख ४ गते नियन्त्रणमा लिएको थियो । प्रहरीले बेहुलीलाई भने परिवारको जिम्मा लगाएको छ ।

अन्य

भिडियो