INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारका घटनाका आरोपित गिरफ्तार

८ वर्षीया बालिका बलात्कारको आरोपमा ४९ वर्षीय आफन्तलाई प्रहरीले ०७९ वैशाख ५ गते बागमती गाउँपालिका–८ बाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आफन्तबाटै बलात्कार हुँदै आएको भन्दै पीडित पक्षले ०७९ वैशाख ५ गते इलाका प्रहरी कार्यालय फापरबारीमा उजुरी दिएका थिए ।

बालिकाको स्वास्थ्य तथा मानसिका अवस्था जटिल बन्दै आएपछि मात्र घटना बारे थाहा पाएका पीडित परिवारले उजुरीमा उल्लेख गरेको छ ।

पीडितको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय फापरबारीले आरोपितलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको डिएसपी  टेकबहादुर कार्कीले जानकारी दिनु भयो ।

पीडित बालिकाको वैशाख ५ गते हेटौँडा अस्पतालमा स्वास्थ्य परीक्षण गरी थप उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी् कार्कीले बताउनु भायो ।

अन्य

भिडियो