INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपतिविरुद्ध प्रहरीमा उजुरी

१७ वर्षीया बालिकालाई छिन्नमस्ता गाउँपालिका–१ का २२ वर्षीय डम्बर रायले बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालयमा ०७७ माघ २० गते उजुरी दिएका छन् ।

पीडित बालिकालाई आरोपितले माघ ३ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २१ गते गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको छ ।

घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आरोपित हालसम्म गिरफ्तार नभएका जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वरप्रसाद साहले बताउनु भयो ।

अन्य

भिडियो